- भदौ ०२, २०८१
काठमाडौँ, २५ भदौ । मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ को प्रिमियर शोमा भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप सहभागी भएका छन् ।
ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उनीहरु नेपाल आएका थिए । आफू नेपाल पहिलो पटक आएको जानकारी दिँदै सिद्दिकिले साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताए । ‘म नेपाल पहिलो पटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ’ उनले भने ‘फेरि पनि नेपाल अवश्य आउँछु ।’ त्यस्तै, निर्देशक कश्यपले नेपालको चलचित्र क्षेत्रको स्तरोन्नति हुँदै गएकोमा प्रशंसा गरे ।
प्रिमियरमा नेपाली, भारतीय कलाकारदेखि नेताहरुको बाक्लो उपस्थिति थियो । चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो । साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतको अभिनय रहेको छ ।
टिप्पणीहरू: