- भदौ ०१, २०८१
काठमाडाैँ। गायक तथा संगीतकार नरेश खातीकाे ‘मरे खबर सुन्न पाउनेछौ’ बाेलकाे नयाँ गीत सार्वजनिक भएकाे छ।
मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत गत शुक्रबार म्युजिक भिडिओ सार्वजनिक गरिएकाे हो।
उक्त गीतमा नरेश खाती र भिमकुमारी बाँठा मगरको स्वर रहेकाे छ भने रिमा विश्वकर्मा र गायक खातीकै अभिनय रहेकाे छ।
गीतकाे शब्द सुरेश शिवाकोटीकाे रहेकाे छ भने संगीत गायक खातीले नै भरेका छन्।
लोकलयमा आधारित उक्त गीतकाे भिडिओमा प्रगाढ प्रेमलाई उजागर गरिएकाे छ।
टिप्पणीहरू: