- असार ०७, २०८०
इलाम, २१ पुस। निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल विजयी भएका छन् । उनले १०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निराेज राउतले ७७ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार राजकुमार भक्तराजले ५३ मत पाए ।
संघको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ बिजयी भएका छन् । तामाङले १२३ मत पाउँदा प्रमोद शेर्पा वाङ्दीले १०५ मत पाए । उपाध्यक्षमा सृजन देवान विजयी भएका छन् । उनले १३३ मत पाउँदा दिनेश शेरजंग खड्काले ८८ मत पाए ।
कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी भएका छन् । उनले १३५ मत पाउँदा सन्तोष भक्तराजले ९५ मत पाए । सदस्यमा सुप्रिम राई, प्रितम लिम्बू, ज्ञान बहादुर प्रधान, गञ्ज बहादुर प्रधान, खगेन्द्र बुढाथोकी र राेशन महत विजयी भएका छन् ।
६ सदस्यका लागि १२ जनाबीच प्रतिस्पर्धा भएको थियो । संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित भएका छन् ।
३ सय ६ मतदाता रहेको भनिएको निर्वाचनमा २ सय ३७ मत मात्रै खसेको थियो ।
टिप्पणीहरू: