- भदौ ०४, २०८१
अस्ट्रेलिया । हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहीत महिलाहरुमा केन्द्रित “मिसेस नेपाल अस्ट्रेलिया ” हुने भएको छ ।विवाहित महिलाहरुको सहभागीतालाइ ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकासका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो ।
विगत दश वर्ष देखि अस्टेलियामा रहेर विभिन्न कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्ष देखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रममा नेपालबाट अस्टेलिया आएर अस्ट्रेलिया भर विभिन्न पेशा व्यवसायीको रुपमा काम गरि रहेका विवाहित महिलाहरु सहभागी हुन पाउनेछन् । यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने छ ।
उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने आयाेजक संस्थाले जनाएकाे छ ।
प्रतियोगिताका विजेताहरुले “मिसेस नेपाल अस्ट्रेलिया २०२५”को उपाधी सहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, साथै नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य २ जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिने छ ।
टिप्पणीहरू: