शुक्रबार, १९ वैशाख २०८२

नीति तथा कार्यक्रममा समेटियाे संविधान संशोधनको विषय


काठमाडौँ । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै संविधान संशोधन प्रक्रिया अगाडि बढाउने उल्लेख गरेका हुन् ।  

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने, कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने’, उनले भने ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ