बिहिबार, ०८ माघ २०८२

सांसद कंगना सुटिङमा फर्किइन्


मुम्बई । लोकसभा चुनाव जितेर मण्डीको सांसद भएकी कंगना रनौत लामो समयपछि फिल्मको सेटमा फर्किएकी छिन् । कंगना हिन्दी फिल्म ‘भारत भाग्य विधाता’ मार्फत सेटमा फर्किएकी हुन् ।

कंगनाले सन २०२४ मा मा भारत भाग्य विधाता घोषणा गरेकी थिइन् । फिल्ममा आम जनताको अतिरिक्त उपलब्धीको कहानी रहेको बताइएको छ । जुन फिल्ममा कंगनाले मुख्य भुमिका निर्वाह गर्ने भएकी छिन् । मनोज तपाडियाले लेखेको फिल्मको निर्देशन पनि उनैले गर्ने भएका छन् ।

उनको पछिल्लो फिल्म इमर्जेन्सी थियो । उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको थिएन ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ