बिहिबार, ०८ माघ २०८२

जेनजी आन्दाेलनमा जेलबाट भागेर साथीकाे हत्या गर्ने राेल्पाबाट पक्राउ


 काठमाडौं । जेनजी आन्दाेलनकाे क्रममा नख्खु कारागारबाट भागेर ठमेलमा आफ्नै साथीकाे हत्या गरेका फरार  कैदी पक्राउ परेका छन् ।

फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । पक्राउपछि अहिले उनलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएकाे छ ।

गत १३ असोजमा मकवानपुर घर भएका सुरज तामाङकाे हत्या गरेका थिए । 

पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

लुटपाट तथा डकैतीको अभियाेगमा कारागार चलान भएका उनी २४ भदौमा जेनजीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी फरार थिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ