बिहिबार, २५ भदौ २०८३

अमरेशको आक्रोश-सरकार संविधान अनुसार चलेन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र (रास्वपा) सांसदनै सरकारकाे आलाेचना गर्न थालेका छन् ।

बिहीबारकाे प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाए । 

 संविधान अनुसार सरकार नचलेकाे भन्दै उनले रास्वपाले अर्को संविधानको कल्पना पनि नगरेकाे बताए । 'चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ।' उनले भने ।

 प्रधानमन्त्री सांसदप्रति उत्तरदायी नभएकाे भन्दै आक्राेश व्यक्त गरे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ