- भदौ ०१, २०८१
काठमाडाैं । टंक वुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन विनाको धन २’मा नायक महेश त्रिपाठी अनुवन्धित भएका छन् । टंकले महेशसँग कागजी संझौता गरिसकेका छन् ।
महेशको भूमिका फिल्ममा के हो भन्ने खुलेको छैन । तर, एउटा पारिवारिक र सामाजिक कथामा फिल्म बनाउने तयारी टंकको छ ।
यसअघि यो फिल्ममा नायिका पूजा शर्मा अनुवन्धित भइसकेकी छिन् । फिल्ममा पूजा र महेशको जोडी बाधिने हो या होइन भन्ने बिषयमा निर्माणपक्षले केही पनि बोलेको छैन ।
फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको रहनेछ । अहिले, शिवम्ले धमाधम यो फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।
टंकले फिल्मको सबै पात्रमा नाम चलेका र दर्शकले रुचाएका कलाकारलाई अनुवन्धित गर्ने योजना रहेको सुनाए । टंक वुढाथोकी फिल्मस्को व्यानरमा यो फिल्म बन्न लागेको हो ।
यो फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।
टिप्पणीहरू: