- भदौ ०२, २०८१
मुम्बई । बलिउड अभिनेत्री श्वेता तिवारीले बारम्बार आफ्नो विवाह नगरिदिन मिडियालाई आग्रह गरेकी छिन् । उनी प्रायः आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनका कारण चर्चामा रहने गर्छिन् । पछिल्लो समय उनी तेश्रो विवाह गरेको कुराले सामाजिक सञ्जालमा भाईरल भईरहेकी छिन् ।
श्वेता तिवारी र विशाल आदित्य सिंहको विवाहको एआई तस्बिर सामाजिक सञ्चालमा केही समय यताबाट निरन्तर शेयर भएको छ । यही कारण उनले सञ्चार माध्यमलाई यस्तो अग्राह गरेकी हुन् ।
‘भारतीय सञ्चार माध्यमका अनुसार मैले यसअघि तीन पटक विवाह गरिसकेको छु’ एक अन्तर्वार्तामा श्वेताले आफ्नो तेस्रो विवाहको समाचार प्रति आक्रोश पोख्दै भनेकी छिन् ।
‘मिडियासँगै सामाजिक सञ्चालका अनुसार त म हरेक वर्ष नयाँ नयाँ विवाह गर्दैछु, र मैले पहिले नै तीन पटक विवाह गरिसकेको पनि उहाँहरुले समाचारमा ल्याईसक्नु भएको छ’, अभिनेत्री श्वेताले भनिन् ।
विशाल आदित्य सिंहसँग खुसीसाथ श्रीमान श्रीमतीको रुपमा पोज दिइरहेको तस्बिर कुन उदेश्यले एआई प्रविधिबाट तयार गरेर समाचारमा ल्याईएको भन्नेकुरा आफुले बुझ्न नसकेको पनि उनले बताएकी छिन् । चलचित्रको काममा आफु व्यस्त रहँदा पनि मानिसहरुलाई अर्काको तस्बिर बनाएर मिडियामा ल्याउन यतिधेरै फुर्सद किन भएको भनेर श्वेताले प्रश्न पनि गरेकी छिन् ।
ती भाइरल तस्विरहरूमा विशाल आदित्य सिंहले पनि आफ्नो प्रतिक्रिया दिईसकेकाले श्वेताको कथन छ । त्यसैले पटक पटक विवाह भयो भन्दै ती तस्बिरलाई सार्वजनिक नगर्न पनि श्वेताले अनुरोध गरेकी छिन् ।
अभिनेत्री श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो । विवाहको केहीवर्षपछि उनीहरुबीच दाम्पत्य सम्बन्धविच्छेद भएको थियो । राजातर्फको छोरी पनि श्वेतासँग छिन् । त्यसपछि केही समयको प्रेम सम्बन्धलाई अघि बढाउँदै अभिनेत्री श्वेताले अभिनव कोहलीसँग दोश्रो विवाह गरेकी थिईन् । तर उनीहरुको दाम्पत्य सम्बन्ध केही वर्षमै टुटेको थियो । यसपछि यी अभिनेत्री एकल रहँदै आएकी छिन् । पछिल्लो समय उनको विशालसँग प्रेम सम्बन्ध रहेको समाचार आउने गरेका छन् । त्यो कुरालाई विशाल र श्वेताले अस्विकार गर्दै आएका छन् ।
दोश्रो विवाह टुटेपछि आफुले कुनै पनि विवाह नगरेको र विवाह गर्ने पक्षम अहिले नरहेको पनि यी अभिनेत्रीले बताएकी छिन् । उनलाई आजकाल विवाह भन्नासाथ दिक्क लाग्छ ।
अभिनेत्री श्वेताले अन्तर्वार्ताको क्रममा मिडियालाई मात्र हैन, दर्शकलाई पनि आफ्ना नक्कली तस्बिरहरु सामाजिक सञ्जालमा राखेर चर्चा र ट्रोल नबनाउन आग्रह गरेकी छिन् । पत्रकारले तर कलाकारहरुको गसिफ लेख्नछन्, तर त्यही गसिफलाई विश्वास गरेर दर्शकले पनि सामाजिक सञ्जालमा नराम्रो लेख्न गरेको पनि यी अभिनेत्रीको भनाई छ । मिडियामा आएका गसिफको पछि नलाग्न पनि उनले दर्शक र शुभचिन्तकहरुलाई अनुरोध गरेकी छिन् ।
टिप्पणीहरू: