बिहिबार, ०६ कात्तिक २०८२

जेनजीले ट्रेड युनियन विघटनको माग राखेपछि ज्ञापनपत्र बुझाउदै ‘नेता’ कर्मचारी



काठमाडौं । सार्वजनिक प्रशासनको रुपान्तरणका लागि जेनजी पुस्ताका कर्मचारी तातेपछि निजामती कर्मचारीका ट्रेड युनियनका ‘नेता कर्मचारी’ अत्तालिएका छन् ।

जेनजी कर्मचारीले भेला गरेर प्रशासन सुधारका लागि योजना सार्वजनिक गर्ने जानकारी गराए लगत्तै ६ वटा निजामती कर्मचारीका ट्रेड युनियले मुख्य सचिव एकनारायण अर्याललाई ज्ञापनपत्र बुझाउँदै कानून बमोजिम सञ्चालनमा रहेका संघ संगठनहरूप्रति नकारात्मक टिप्पणी र विघटनका माग स्वीकार्य नहुने बताएका छन् ।

अन्तरिम सरकार गठनसँगै केही कर्मचारीहरूले जेनजी निजामती भेला गर्दै मुख्यसचिवसहित केही सचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार तथा रजिष्ट्रार र संसदका महासचिवलगायतको राजीनामा मागेका थिए । उनीहरूले ट्रेड युनियनहरुको विघटनको माग समेत गरिरहेका थिए ।

ट्रेड युनियनमा आबद्ध कर्मचारीले तोकिएको जिम्मेवारी बहन नगर्ने, सरुवा बढुवामा सरकारलाई दवाव दिनेलगायतका गतिविधिले सिंगो कर्मचारी प्रसाशन बद्नाम छ । निजामती टे«ड युनियक कर्मचारीका हक अधिकारका लागि गठन गरिएको भए पनि पछिल्लो समय ति संस्था राजनीतिक दलका भातृसंस्था जस्ता भएका छन् ।

निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल, कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवाल, राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्वादत्त भट्टलगायत ६ वटा संगठनले संयुक्त प्रेस वक्तव्यमार्फत यस्ता गतिविधि र अभिव्यक्तिमा आपत्ति जनाएका छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ