- असार ०६, २०८०
काठमाडौं। नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए।
कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई आजै फिर्ता बोलाएको छ। साथै कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थाल्ने भएकाे छ।
टिप्पणीहरू: