- असार ०७, २०८०
काठमाडौं। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन्।
मंगलबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्।
आफूलाई कार्यालय प्रवेश गर्न अवरोध गरेकाे भन्दै गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेकाे स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बताइएकाे छ।
टिप्पणीहरू: