- असार ०६, २०८०
काठमाडौं, २४ भदौ । अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कैद सट्टामा रकम तिरेर छुटेका छन् ।
रुकुम पूर्वबाट निर्वाचित काँग्रेस सांसद केसीलाई ३३ वर्ष पुरानो मुद्दामा अदालतले जेल चलान गर्न आदेश दिएको थियो ।
फौजदारी अपराध २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्ष सम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेर पनि बाहिर बस्न मिल्ने भएकाले अनुसार १ लाख ९ हजार २ रुपियाँ तिरेर उनी छुटेका हुन् ।
२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात किर्ते मुद्दामा केसीलाई एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए ।
टिप्पणीहरू: