- भदौ ०२, २०८१
मुम्बई । बलिउड अभिनेत्री कृतिका कमराले आफुलाई अहिले पनि याैन प्रस्ताव आउने गरेकाे बताएकी छिन् । यस्ता प्रस्ताव आए पनि धेरैले करिअरकाे चिन्ताले नबाेल्ने गरेकाे उनकाे भनाई छ ।
आफु पटक पटक कास्टिङक क्राउचको शिकार भएकाे उनकाे भनाई छ । ‘चलचित्र उद्याेगमा सँघर्ष गरिरहेकाहरुलाई यस्तो प्रस्ताव आउँछ र कतिपयले नचाहेर पनि कास्टिङ क्राउचको शिकार बन्नु परेको छ । यदि म पनि कास्टिङ क्राउनमा समर्पित भएका भए धेरै अघि नै स्टार बन्ने थिएँ होला ।’ उनले भनिन् ।
चलचित्र मुम्बई मेरी जानबाट लोकप्रियता हाँसिल गरेकी यी अभिनेत्री यतिबेलका वेभ सिरिज एघार एघारका कारण चर्चामा छिन् । उनी यसो सिसिजमा प्रहरी अधिकारीको ससक्त भूमिकामा छिन् ।
कास्टिङ क्राउचका सन्दर्भमा मिडियासँग कुरा गर्दै यो समस्या बलिउडमात्र नभएर सँसारभरीको चलचित्र उद्याेगमा रहेको बताएकी छिन्,‘हामीसँग हातमा स्मार्टफोन हुँदाहुँदै पनि कास्टिङ क्राउच बिरुद्ध प्रहरीमा उजुरी दिनसक्ने अवस्था छैन । त्यसैले चलचित्रमा काम गर्ने आडमा खुलेआम यौन सम्पर्कको प्रस्ताव राख्नेहरुबाट टाढा रहनुको अरु विकल्प छैन ।’ उनले भनेकी छिन् ।
‘यहाँ मि टुको अभियान चलेदेखि कास्टिङ क्राउचको समस्या केही कम भएकाे उनले अनुभव गरेकी छिन् । 'चलचित्रकर्मीहरु केही सचेत भएका छन् । तर पनि भित्री रुपमा यो समस्या अझै कायम रहेकाे अनुभव मैले गरेको छु ।’ अभिनेत्री कृतिमाले मिडियासँग भनेकी छिन् ।
हुन त अहिले कास्टिङ क्राउच बिरुद्ध बलिउडका धेरै सिनेकर्मी लागेका छन् । तर पनि खराव मानसिकता भएकाहरुलाई कहिल्यै पनि रोक्न नसकिने यी अभिनेत्रीको कथन छ । नयाँ आउने कलाकारलाई पनि उनी यस्तो समस्याबाट आफैं बच्नुपर्ने सुझाब दिन्छन् ।
टिप्पणीहरू: