सोमबार, ०८ पुस २०८१

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई


काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबहाक प्रधानमन्त्रीकाे जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेकाे राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ