- असार ०७, २०८०
काठमाडाैं, १७ मंसिर । काठमाडाैं महानरपालिका वडा नं १६ मा वडा अध्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ राेजिना श्रेष्ठले सामाजिक सञ्जाल फेशबुक मार्फत मतदातालाई धन्यवाद दिएकी छिन् ।
आफुलाई दिएकाे अमुल्य मत खेर नजाने भन्दै काम मार्फत मत फिर्ता गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
उनकाे स्टाटस
काठमाण्डौ महानगरपालिका १६ वडा बासीले वडा अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी दिनुभएकोमा आज म निकै खुशी छु, तपाईहरुलाई धन्यवाद भन्न तपाईहरुकै घर दैलोमा आउनेक्रममा , कहिँ कतै पुग्न भ्याइएन होला, यसै पोस्ट मार्फत तपाईहरुले दिनु भएको अमुल्य मतदानलाई काम मार्फत नै फिर्ता गर्न सकूँ, भन्दै सम्पूर्ण वडाबासी हरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।
टिप्पणीहरू: