- भदौ १२, २०८१
धनकुटा । धनकुटामा हरेक शुक्रबार हुँदै आएको चियासँग कविताको २५ औं श्रृङ्खला एवम् रजत श्रृङ्खलाको अवसरमा कविता प्रतियोगिता आयोजना गरिएको छ ।
शुक्रबार रेडियो धनकुटा एम.एम. १०६.२ मेगाहर्जको संयोजनमा खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा धनकुटाकी जोत्सना अधिकारी प्रथम भएकी छन् । यस्तै दृष्टि श्रेष्ठ द्वितिय भएकी छन् भने समिक्षा अधिकारी तृतीय भएकी छन् । यसैगरी प्रतियोगितामा डि.आर फूयाँल सान्तवना भएका थिए । प्रतियोगिताका प्रथम, द्वितिय, तृतीय र सान्तवना हुनेहरुलाई क्रमश ः नगद २ हजार ५ सय, १ हजार ५ सय, १ हजार र ५सय रुपैयाँका साथै प्रमाण पत्र वितरण गरिएको थियो ।
२५ औं श्रृङ्खलाको अवसरमा गरिएको खुल्ला कविता प्रतियोगितामा प्रतियोगितामा जम्मा २९ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा सहभागीहरुले धनकुटाको भुगोललाई आधार मानेर कविता बाचन गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ठ हुनेहरुलाई कार्यक्रमका पूर्व मन्त्री एवम् धनकुटाबाट निर्वाचित संघीय सांसद राजेन्द्र कुमार राई, जिल्ला समन्वय समिति धनकुटाका समन्वय प्रमुख निरेन तामाङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
चियासँग कविताको २५ औं श्रृङखला सम्पन्न
पछिल्लो समयमा प्रत्येक शुक्रबार हुँदै आएको चियासँग कविताप्रति सबैको चासो र मोह पनि बढ्दै गएको छ ।
रेडियो धनकुटा एफएमको संयोजनमा भइरहेको चियासँग कविता कार्यक्रममा धनकुटामा रहेका साहित्यप्रेमीहरुको बाक्लो जमघट हुँदै आएको छ । साथै नयाँ र पुराना सर्जकहरुले एकै ठाउँमा भेला भएर आफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आइरहेका छन् । सोही क्रममा धनकुटाको मोरिङ्गा होटलमा भएको चियासँग कविताको २५ औं श्रृङ्खला तथा रजत श्रृङ्खलाको अवसरमा आयोजना गरिएको कार्यक्रममा धनकुटामा स्थापित सर्जकहरुले सिर्जना बाचन गरेका थिए ।
सो कार्यक्रममा साहित्यकार तथा कवि घनश्याम बराल औलाली, रोशन परियार, ध्रुव एलेक्स, राज माङ्लाक, भीम राई, गजलकार निर्मला कुँवरका साथै द्धारिका रिजाल, ललित विश्वकर्मा लगायतले आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा पूर्व खानेपानी मन्त्री एवम् धनकुटाबाट निर्वाचित संघीय सांसद राजेन्द्र कुमार राईले साहित्यले मानिसलाई माथिल्लो स्थान सम्म पु¥याउने बताए ।
धनकुटामा २०८१ साल फागुन २ गतेदेखि हरेक शुक्रबार चियासँग कविता हुँदै आएको छ । कार्यक्रममा धनकुटामा रहेर विभिन्न विधामा कलम चलाउदै आएका नयाँ र पुराना कवि तथा गजलकारहरुले समेत रचना वाचन गर्ने गरेका कारण धनकुटाको साहित्यिक बिकासमा इट्टा थप्ने काम भइरहेको चियासँग कविता कार्यक्रममा संयोजक गोपाल बराइलीले जानकारी दिए ।
टिप्पणीहरू: