- भदौ ०१, २०८१
काठमाडौं । कृषा चौलागाईँको निर्देशनमा बन्ने भनिएकाे फिल्म ‘पारस’का लागि जसिता गुरुङ अनुबन्धित भएकी छन्।
यसअघि निर्माण पक्षले अभिनेता निखिल उप्रेतीलाई अनुबन्ध गरेको समाचार बाहिरिएको थियो। जसिताको अपोजिटमा निखिल उप्रेती हुने चर्चा छ। तर निर्माण पक्षले आधारिक रुपमा सार्वजनिक गरेको छैन।
एक्सन तथा सामाजिक कथामा आधारित यस फिल्ममा निखिल र जसिताको जोडीले दर्शकमाझ फरक टेष्ट दिनेमा निर्माण पक्ष आशावादी छ ।
दुवै पक्षबीच फिल्मका लागि कागजी सम्झौता भएको निर्देशक चौलागाईँले बताईन्। उनले भनिन्,‘फिल्मको कथा अनुसार नै कलाकार फाइनल गर्दै लगेका छौँ।’
केपी फिल्म्सको व्यानरमा निर्माण हुने यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। यस फिल्मलाई चर्चित छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषाले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ निर्देशन गरिसकेकी । उनले घाेषणा गरेकाे जहाजैमा अहिलेसम्म बनेकाे छैन । आगामी फागुनबाट फ्लोरमा जाने निर्माण पक्षको तयारी छ।
टिप्पणीहरू: