मङ्गलबार, ०६ साउन २०८२

स्पेनमा मानव तस्करी भएकाेबारे छानबिन गरी दाेषीलाई कारबाही गरियाेस्: सुदन किराती


काठमाडाैँ। नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले स्पेनमा आयाेजित प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा मानव तस्करी भएकाे टिप्पणी गरेका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद किरातीले स्पेनमा मानव तस्करी भएकाेबारे सत्यतथ्य छानबिन गरी दाेषीलाई कारबाही गर्न माग गरे।

साथै उनले सुशासनका लागि भन्दै बनेकाे सरकारकाे छातीमा कुशासनकाे तक्मा थपिएकाे टिप्पणी गरे।

‘समाचारअनुसार स्पेनमा आयाेजित प्रधानमन्त्री नै सहभागी कार्यक्रममा फेरि मानव तस्करजस्ताे जघन्य अपराेध भयाे। जसले देशकाे छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठाएकाे छ। यसमाथि सत्यतथ्य छानबिन गरियाेस् र दाेषीलाई कारबाही गरियाेस्’, उनले भने, ‘सुशासनका लागि भन्दै बनेकाे सरकारकाे छातीमा कुशासनकाे तक्मा थपिएकाे छ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ