मङ्गलबार, ०६ साउन २०८२

स्पेन भ्रमण प्रकरणमा रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ


 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा भाग लिन गएका नेपाली नफर्किएका विषयमा जवाफ माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले प्रधानमन्त्रीको जवाफ मागेकी हुन् ।

आफ्नाे पार्टीले भिजिट भिसा प्रकरणमा  सदनमा उठाउँदै आएको विषय स्पेनको केसले झन् पुष्टि गरेकाे उनकाे भनाई थियाे ।  यत्रो आन्दोलन हुँदाहुँदै पनि तस्करहरू सक्रिय रहेकाे भन्दै उनले कसको संरक्षण र अकर्मण्यताले गर्दा यत्रो आँट मानव तस्कर र स्मग्लरहरूमा पलाएको हो भनेर प्रश्न गरिन् ? 

आफ्नाे पार्टीले संसदीय छानबिन माग गरेकाे सन्दर्भ काेट्याउदै उनले भिजिट भिसा प्रकरणमा  कार्यदल बनाएर सरकारले जनताकाे आँखामा छारो हालेको टिप्पणी गरिन् । 'तस्कर र भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौँ । तपाईंलाई थाहा थियो कि थिएन ।' सुमनाले भनिन् ।

पछिल्लाे केही समय यता प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारी अनुहार समेत नहेर्ने दावी गर्दै आएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ