- असार ०७, २०८०
काठमाडाैं । भारतको उत्तर प्रदेश अयोध्यास्थित राम मन्दिर परिसरबाट २ महिनाअघि हराएकी राजविराज ७ की रोशनी भेटिएकी छिन् ।
प्रयागराजमा लागेको महाकुम्भमा स्नान पश्चात् अयोध्यास्थित राममन्दिर दर्शन गर्न परिवारसहित पुगेकी २० वर्षिय रोशनी गत फागुन ३ गते सम्पर्कबिहीन भएकी थिइन् ।
राेशनी हराएपछि उत्तर प्रदेशस्थित खोयापाया केन्द्र (हराएका व्यक्तिबारे सूचन दिने केन्द्र) मा पुगेर जानकारी गराएका थिए ।
हराएको दुई महिना बित्न लाग्दा पनि राेशनी नभेटिँदा परिवारका सदस्य तनाबमा थिए । उत्तर प्रदेश प्रहरीको प्रयासले छोरी भेटिएपछि खुसीमा सिमा नरहेकाे उनका बुबा बिरेन्द्र साहले बताए ।
रोशनी मधेश आन्दोलनका सहिद स्व. दिलिप साहकी आफ्नै भतिजि हुन् ।
टिप्पणीहरू: