बिहिबार, ०८ माघ २०८२

हिराेकाे च्याउखेती


 काठमाडाैं ।  केही वर्षअघि सार्वजनिक प्रदर्शनमा आएको सिनेमा ‘लभ डायरिज’ अभिनेता विश्वजित रिमाल  व्यावसायमा सक्रिय भएका छन् । अहिले उनले गण्डकी प्रदेश र बागमती प्रदेशमा च्याउ उत्पादन सुरु गरेका हुन् ।

रिमाल मशरुम इन्डष्ट्रिज गण्डकी प्रदेश र माँ दुर्गा मशरुम इन्डष्ट्रिज बागमती प्रदेशमा सञ्चालन गरिरहेका छन् । अभिनेता रिमाल अब अभिनय र व्यापारलाई एकसाथ अगाडी बढाउने तयारीमा रहेकाे बताउछन् । ‘मैले अभिनय गरेको सिनेमा लभ डायरिज रिलिज भएको पनि केही वर्ष भयो । यस बिचमा म आफ्नो व्यापारलाई स्थापित गर्न समय दिए । अब अभिनयमा फर्किने योजना बनाउँदै छु,’ उनले भने ।

 गत पुर ११ गते वसेको नेपाल सरकारले मन्त्री परिषदको बैठकले हरेक वर्षको पौष १५ गतेलाई ‘च्याउ दिवस’ घोषणा गरेपछि उत्साहित छन् । सोही अवसरमा च्याउ उत्पादक संघ नेपालद्धारा पौष १५ गते भृकुटीमण्डपमा च्याउ मेला तथा परिकार महोत्सव २०८२ आयोजना गरेको छ ।

अभिनेता रिमाल पनि च्याउ मेला तथा परिकार महोत्सवमा आफ्नो कम्पनीले उत्पादन गरेका विभिन्न प्रजातीका च्याउ प्रवर्द्धन गर्न त्यहाँ उपस्थित थिए । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ