मङ्गलबार, ०३ असार २०८२

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतकाे आदेश


काठमाडाैं ।  पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न पाटन उच्च अदालतले आदेश दिएको छ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला अदालतबाट अनुमति लिएको अवस्थामा उच्च अदालतले तत्काल उनलाई पक्राउ नगर्न भनेको हो।

न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले तत्काल उनलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै भन्दै थप छलफलका लागि सरकारी पक्षलाई पनि झिकाएको छ।

प्रहरीको साइबर ब्युरोले पक्राउ गर्न खोजेपछि पाठकका तर्फबाट उनकी श्रीमती शिखा प्रसाईंले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिइन्।

उनका पक्षबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, डा भीमार्जुन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ