- असार ०६, २०८०
काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घका सुमनमान ताम्राकारले सुनचाँदी तथा रत्न आभूषण व्यवसायीले राज्यलाई वार्षिक २० अर्ब राजस्व बुझाउदै आएको बताएका छन् ।
करको मारबाट व्यवसायीलाई मुक्त गर्न आग्रह गर्दै उनले २५ हजार व्यवसायी र तीन लाख कालीगढ विस्थापित हुने बताए ।
सङ्घले सोमबार पत्रकार सम्मेलन गरेर आगामी वर्षको बजेटमा हीरा तथा बहुमूल्य पत्थरमा भ्याट र सुनमा दुई प्रतिशत विलासिता कर लाग्ने व्यवस्था गरेकामा त्यसबाट आफूहरूको व्यवसाय बन्द हुनसक्ने भन्दै पुनर्विचार गर्न आग्रह गरे ।
‘सुनचाँदी तथा रत्नका आभूषणमा कर लगाउँदा करिब रु तीन खर्ब ५० अर्ब लगानी गरेका २५ हजार व्यवसायी मात्र प्रभावित नभई तीन लाख कालिगढ र तिनका आश्रितसमेत समस्यामा पर्ने छन् ।’ अध्यक्ष ताम्राकारले भने । व्यवसायीले केही दिन यता आन्दोलन गर्दै आएका छन् ।
टिप्पणीहरू: