शनिबार, १० साउन २०८२

आत्महत्या गरेका टिकटकर रिनेश घिमिरेकी प्रेमिका पक्राउ


काठमाडौं । फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या गरेका एक युवककी प्रेमिकालाई प्रहरीले पक्राउ गरेको छ । 

टिकटकमा लोकप्रिय रिनेश घिमिरेले केही दिन अघि फेसबुकमा स्टाटस लेखेर झुण्डिएर आत्महत्या गरेका थिए । सुसाइड नोटमा उनले आफ्नी प्रेमिकालाई आरोप लगाएका थिए ।

‘बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया ।’ भन्दै रिनेशले प्रेमिकाको तीनवटा फोटो पनि सार्वजनिक गरेका थिए ।

रिनेशको यही सुसाइड नोटका आधारमा प्रहरीले दोलखा घर भई काठमाडौं नयाँ बजारमा बस्ने २५ वर्षीया युवतीलाई पक्राउ गरेको हो । युवतीलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीमाथि आत्महत्या दुरुत्साहनमा अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

युवतीले प्रहरीसँगको बयानमा आफू पहिले अर्कैसँग प्रेममा रहेको  रिनेशले जबर्जस्ति गरेर आफुतिर तानेको बयान दिएकी छिन् । रिनेशले आफूलाई जतिबेला पनि मरिदिन्छु भनेर घुर्की लगाउने गरेको उनले बताएकी छन् । बेला बेला आफुलाई पिट्ने गरेको पनि युवतीले प्रहरीलाई बताएकी छिन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ