शनिबार, १० साउन २०८२

देउवाले बोलाए पदाधिकारी बैठक, के छ एजेण्डा ?


काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।

आफ्नै निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बस्नेगरी देउवाले बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ।

सरकारले अघि बढाएका भूमि सम्बन्धी विधेयक, संघीय निजामती कर्मचारी विधेयक र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि बढेकाे बेला देउवाले बैठक बोलाएका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ