शुक्रबार, २६ पुस २०८१

गेम चेञ्जरको नाना हैराना...बोलको गीत तत्काल हेर्न नपाइने


मुम्बई । राम चरण र कियारा आडवाणीको बहुप्रतिक्षित फिल्म ‘गेम चेन्जर’ शुक्रबार हलमा सार्वजनिक भएको छ । शंकरद्वारा निर्देशित फिल्म हेर्नका लागि फ्यानहरू उत्साहित भए पनि यसको गीत नाना हैरानालाई ठूलो पर्दामा हेर्नका लागि अझै केही दिन कुर्न पर्ने भएको छ । प्राविधिक कारणले उक्त गीतलाई फिल्मबाट केही समयका लागि हटाइएको निर्माण पक्षले जनाएको छ ।

नाना हैराना बोलको गीत न्यूजील्याण्डमा खिचिएको एक रोमान्टिक गीत हो । इन्फ्रारेड क्यामेरामा खिचिएको यो पहिलो भारतीय गीत भनेर भारतिय मिडियाले उल्लेख गरेको छ । श्रेया घोषाल र कार्तिकको स्वरमा रहेको यस गीतले आफ्नो मनमोहक सङ्गीत, ब्याकग्राउन्ड स्कोर र लयले श्रोताहरूलाई मोहित गरिसकेको छ । सरस्वतीपुत्र रामजोगय शास्त्रीले गीत लेखेका थिए भने कोरियोग्राफी बोस्को मार्टिसले गरेका थिए ।

गेम चेन्जरको कथा कार्तिक सुब्बाराजले लेखेका हुन् । रामचरण र कियारा आडवाणीसँगै, राजनीतिक थ्रिलरमा अञ्जली, एसजे सूर्या, श्रीकान्त, जयराम, नवीन चन्द्र, प्रकाश राज, र अन्य मुख्य भूमिकामा छन् । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ