- भदौ ०१, २०८१
काठमाडौँ । स्वस्तिमा खड्का, आँचल शर्मा, अस्मी श्रेष्ठ, नीति शाह, शिल्पा मास्के, कविता नेपालीसहित १८ जना माेडल एउटै मञ्चमा देखिने भएका छन् ।
‘आईईसी डिजाइनर रनवे –१५’मा यी सेलिब्रेटीले आकर्षक पहिरन सहित -याम्पवाक गर्ने भएका हुन् ।
कार्यक्रममा हिमान्चल राज केसी, श्रीच्छा प्रधान, आस्था पोखरेल, सबिता कार्की, इभा गिरी, आना शर्मा, मलिका महत, अदीति अधिकारी, दीपशिखा नेपाल र प्रेमा लमगाडे लगायत नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा चर्चित १८ सेलिव्रिटीहरू एउटै स्टेजमा देखिने भएका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतीमा शुक्रबार साँझ एक भब्य समारोहका साथ आयोजना हुन लागेको हाे ।
आईईसी कलेजको आयोजनामा हुन लागेको यस भव्य फेसन शोमा ६६ जना भन्दा बढी डिजाइनरहरूले तयार पारेका १७ वटा विभिन्न आकर्षक फेसन सिक्वेन्सहरू प्रदर्शन हुनेछ । जसका लागि ३० जना व्यवसायीक मोडलहरू -याम्पमा प्रस्तुत हुनेछन् ।
भारतका चर्चित कोरियोग्राफर यतिन गान्धी कारियोग्राफी रहने शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरिरहेको छ । ‘आइससी डिजाइनर रनवे –१५’लाई अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको शोको रुपमा प्रस्तुत गर्ने तयारी भैरहेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
नेपाली फेसन जगतलाई नयाँ उचाइ दिने र नेपाली डिजाइनरहरूको कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस ‘आईईसी डिजाइनर रनवे–१५ ले फेसन प्रेमीहरूको विशेष ध्यान तान्ने अपेक्षा गरिएको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।
टिप्पणीहरू: