बिहिबार, ११ वैशाख २०८२

शिक्षामन्त्रीले भने-शिक्षकका मागबारे जानकार छु, समाधानका लागि पहल गर्छु


काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छ्न ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

शिक्षामन्त्री पन्तले शिक्षकहरू २३ दिनदेखि आन्दोलनरत रहेको जानकारी भएकाे बताउदै समस्या समाधानका लागि पहल गर्ने बताए।

‘भर्खरै त मन्त्रालयमा आएँ, समस्याबारे जानकारी पाएको छु । सबै विषयमा जानकारी लिइसकेको छैन’, उनले भने, ‘शिक्षकका माग र समस्याबारे राम्ररी जानकारी लिइसकेपछि विस्तृतमा आफ्नो विचार व्यक्त गरौँला ।’


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ