बिहिबार, ११ वैशाख २०८२

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ


काठमाडाैं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । 

बिहीबार दिउँसाे राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले पन्तलाई शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायतकाे उपस्थिति थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ