शुक्रबार, ०५ वैशाख २०८२

दुर्गा प्रसाईंलाई ​काठमाडौं ल्याइँदै


काठमाडौं । आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईंलाई ​भारतबाट पक्राउ गरेर झापा ल्याइएको छ ।

तीनकुनेमा भएकाे हिंसात्मक प्रदर्शनमा संलग्न भएकाे आराेपमा भारतको आसाम राज्यबाट बिहीबार पक्राउ परेका प्रसाईंलाई काँकडभिट्टा नाकाबाट आज नेपाल ल्याइएको हो।

उनलाई आजै बुद्ध एअरको जहाजमार्फत चन्द्रगढी विमानस्थलबाट उनलाई काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएकाे छ ।

राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले दुर्गा प्रसाईंकाे कमाण्डरमा यही चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन गरेकाे थियाे । उक्त प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । त्यसलगत्तै प्रसाईं फरार भएका थिए । नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत पुगेर प्रसाईंलाई नेपाल ल्याएकाे हाे । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ