शुक्रबार, ०५ वैशाख २०८२

हुने वाला ज्वाइले फोनमा भने ‘अब सासु आमा मेरी भइन्’


अलीगढ । आफ्नो हुनेवाला ज्वाईसँग सासु भागेपछि अहिले भारतमा ज्वाई सासुको प्रेम प्रसंग चर्चाको विषय बनेको छ । छोरीको मगनी भएपछि भागेका ज्वाई सासु कहाँ छन् अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । सामाजिक सञ्जालमा चर्चाको विषय बनेको यहि घटना प्रहरीका लागि भने टाउको दुखाईको विषय बनेको छ । 

आजतकका अनुसार उनीहरुको अन्तिम लोकेशन उत्तराखण्डको रुद्रपुर देखिएको थियो । 

महिलाका श्रीमान जितेन्द्रका अनुसार १ मार्चमा हुनेवाला ज्वाई राहुलले हुनेवाला सासुलाई आफु बिरामी भएको सन्देश पठाए । सासु बिरामी ज्वाई भेटन गइन् । उनी पाँच दिनसम्म राहुलकै घरमा बसिन् ।

पाँचौ दिन हुने वाला सासुसँगै ज्वाई पनि गाउँ पुगे तर, घर पुगेनन् । जितेन्द्रलाई एकछिन पछि फोन आयो । फोनमा राहुलले भने ‘तपाई सासु आमासँग २० वर्ष बस्नु भो अव बिर्सनुस् ।’

राहुलको कुरा सुनेर अचम्म मानेका जितेन्द्रले जब श्रीमती वेपत्ता भएको थाहा पाए थप अचम्ति भए र प्रहरीमा उजुरी गर्न पुगे ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ