शुक्रबार, ०५ वैशाख २०८२

दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि झापाबाट पक्राउ


काठमाडाैँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् ।

खड्‌कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएकाे केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार प्रसाईंसँगै खड्‌कालाई आवश्यक अनुसन्धानको लागि काठमाडौं ल्याइँदैछ ।

काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र संगठित अपराध सम्बन्धीकसूरमा फरार रहेका प्रसाई भारतको आसाम राज्यबाट बिहीबार पक्राउ परेका थिए ।

उनलाई नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत पुगेर आज बिहान नेपाल ल्याएकाे हाे । 

याे पनि पढ्नुहाेस्: दुर्गा प्रसाईंलाई ​काठमाडौं ल्याइँदै


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ