- असार ०६, २०८०
काठमाडाैं । प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाललाई पक्राउ परेका छन् ।
डिएसपी नेपाललाई बहुविवाह अभियाेगमा रुपन्देही प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले नेपाल विरूद्ध बहुविवाह गरेको उजुरी परेपछि पक्राउ गरिएको जानकारी दिए।
उनकी श्रीमतीले दिएको उजुरीको आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई मंगलबार पक्राउ गरिएको कार्कीले बताए।
नेपालले विवाह गरेको भनिएकी दोस्रो श्रीमतीको भने प्रहरीले खाेजी जारी राखेकाे जनाएकाे छ ।
टिप्पणीहरू: