बुधबार, ०३ वैशाख २०८२

राेकिएन शिक्षक आन्दाेलन, सडक आज पनि अवरुद्ध


फाइल तस्विर

काठमाडाैं । सरकारले शिक्षा ऐन जारी गर्ने प्रनिबद्धता जनाएपनि शिक्षकहरुले प्रदर्शन जारी राखेका छन् ।

माइतीघर–बबरमहल सडक खण्डमा प्रदर्शन गरेका शिक्षकहरुले बुधबार पनि यातायात अवरुद्ध पारेका छन् 

प्रदर्शनमा सहभागीहरुले ‘शिक्षा ऐन जारी गर,’ ‘शिक्षा ऐन विरोधीहरु होसियार’ लगायतका नारा लगाएका छन् ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेको थियो । साथै शिक्षकका माग समेत सम्बोधन गर्न भन्दै वैशाख १२ देखि संसदको बर्खे अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियाे।

राष्ट्रपति रामचन्द्र पाैडेलले संसदका दुबै अधिवेशन आव्हान गरिसकेका छन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ