बुधबार, ०३ वैशाख २०८२

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले यही वैशाख १२ गते दिउँसो १ बजे बस्नेगरी दुवै सदनको अविधेशन आह्वान गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफरिसमा संसद् अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को सिफारिसमा संवत् २०८२ साल वैशाख १२ गते शुक्रबारका दिन १३:०० बजे अन्तर्राष्‍ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’,  राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ