आइतबार, २५ जेठ २०८२

काँधमा पाठाे बाेकेर हेल्लाे काशीराम भन्दैछन् दिलिप रायमाझी


काठमाडौं । चलचित्र  ‘हेल्लो काशिराम’ काे फस्टलुक पोस्टर र प्रदर्शन मिति सार्वजनिक भएकाे छ । फिल्म निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

पोस्टरमा  अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । 

फिल्ममा दिलीप रायमाझीसँगै  सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन् ।  उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु समेत विशेष अभिनय रहेको फस्टलुक पोस्टरमार्फत जानकारी दिइएको छ ।

प्रियंका कार्कीलाई विशेष अतिथी कलाकारको रूपमा देख्न पाउने निर्देशक रिम विश्वकर्माले जानकारी दिए । 

रेडलाइन फिल्मस् प्रा।ली को ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । यसका निर्माता पीबी थापा रहेका छन् भने यम आलेले फिल्म खिचेका हुन् । निर्देशक विश्वकर्माले चलचित्रको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन कलाकार टोलीले आगामी सातादेखि देशव्यापी प्रचार अभियान सुरू गर्ने जानकारी दिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ