- भदौ ०२, २०८१
मुम्बई । चर्चित टिभी अभिनेत्री दीपिका कक्कड अचेल जीवनको खराब चरण गुजार्दैछिन् । उनलाई कलेजोको क्यान्सर भएको पुष्टि भएको छ । जुन अहिले दोस्रो स्टेपमा छ । दीपिकाका पति शोएब इब्राहिमले यसबारे जानकारी दिएका छन् ।
दीपिका कक्कडले पनि आफ्नो स्वास्थ्यको बारेमा आफ्ना फ्यानहरूसँग सामाजिक सञ्जाल मार्फत अपडेट गरिरहेकी छिन् । आफूले भोगेका कठिन हप्ताहरूको बारेमा अनुभव शेयर गरेकी छिन् । दीपिका इन्स्टाग्राममा लेख्छिन् ‘तपाईंहरू सबैलाई थाहा छ, पछिल्ला केही हप्ताहरू हाम्रो लागि कठिन थिए । पेटको माथिल्लो भागमा अत्याधिक दुखाइ भएर अस्पताल जानु, त्यसपछि कलेजोमा टेनिस बल आकारको ट्युमर भएको थाहा पाउनु र त्यसपछि दोस्रो चरणको क्यान्सर भएको थाहा पाउनु । यी हाम्रो लागि सबैभन्दा कठिन समय थिए ।
‘म पूर्ण साहस र सकारात्मक सोचका साथ यसको सामना गरिरहेको छ ।’ उनले भनेकी छिन् ‘हामी यसबाट पार पाउनेछौं । मेरो परिवार मसँग छ र तपाईंहरू सबैको माया र प्रार्थनाले मलाई बल दिइरहेको छ ।’
दीपिका कक्कड भारतीय टेलिभिजनको चर्चित अनुहार हुन् । उनी ससुराल सिमरका धारावाहिकबाट स्थापित भएकी थिइन् । उनी बिग बोस सिजन १२ का विजेता पनि हुन् ।
टिप्पणीहरू: