- असार ०७, २०८०
काठमाडाैं । दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।
उनी हिरासतमा बसेकाे ५२ दिन पुरा भयाे। अबकाे चार दिन भित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेकाे छ ।
प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए। त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए। त्यसपछि उनी फरार थिए। भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको हो।
टिप्पणीहरू: