- असार ०७, २०८०
काठमाडौं । मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार यादव सर्लाहीका निलम्बित मेयर भरत कुमार थापासहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
३० करोड गैरकानूनी अनुदान दिने र लिने विरुद्ध अख्तियारले उनीहरूसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेमा बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलसमेत छन् ।
मेयर थापा यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपेका व्यक्ति हुन् ।
अख्तियारले पूर्वमन्त्री यादवसँग २९ करोड ९९ लाख ८६ हजार १३५ बिगो दाबी गरिएको छ । मेयर-उपमेयरसँग ५६ करोड ७१ लाख ७ हजार २९२ बिगो मागदाबी गरिएको छ ।
मन्त्रालयका कानून अधिकृत भुजेलसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रूपैयाँ, नगरपालिकाका इन्जिनियर निरन्जन लामिछाेनसँग १० करोड १४ लाख ९५ हजार, हाल निलम्बित इन्जिनियर सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२, लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड ३ लाख ३४ हजार ४०४ रूपैयाँ, बिगो माग गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
टिप्पणीहरू: