- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी नियुक्त भएका छन् ।
पार्टीकाे विवादबीच नै रामेश्वरलाई वातावरणमन्त्री नियुक्त गरिएकाे हाे । चौधरीको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।
प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वरलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
तर पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले भने कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दललाई निर्देशन दिएकी थिइन् ।
टिप्पणीहरू: