- भदौ ११, २०८१
काठमाडाै । पिएम कप बागमती प्रोभिन्स मिन्स वन डे प्रोभिन्स सेलेक्सन टुर्नामेन्ट अन्तर्गत भएको खेलमा काठमाडौं जिल्ला ७९ रनले विजयी हुन सफल भएको छ ।
अपर मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले ललितपुर जिल्लामाथि प्रभावशाली जित हासिल गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं जिल्लाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८१ रनको बलियो योगफल बनायो । काठमाडौंका लागि सोनु देवकोटाले ५७ बलमा ७२ रन तथा उत्तम थापा मगरले ८२ बलमा ७१ रनको महत्वपूर्ण योगदान दिए । ललितपुरका बलर पंकज पाण्डेले २ विकेट लिए भने सदित्या बन्जाराले १ विकेट हात पारे ।
२८२ रनको लक्ष्य पछ्याएको ललितपुर जिल्ला ३५.४ ओभरमा २०२ रनमै अलआउट भयो । ललितपुरका विवेक राना मगरले ७२ बलमा ८८ रन तथा आशुतोष घिरैयाले ३९ बलमा ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । काठमाडौंका दयानन्द मण्डल र सोनु देवकोटाले समान ४–४ विकेट लिएर ललितपुरको ब्याटिङ लाइनअप धराशायी पारे ।
यो जितसँगै काठमाडौं जिल्ला ७९ रनले विजयी भयो । उत्कृष्ट प्रदर्शनका लागि सोनु देवकोटा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
क्रिकेट प्रतियोगितामा काठमाडौंले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन गर्दै महत्वपूर्ण जित हात पारेको हो ।
क्रिकेट संघ काठमाडौंका सचिव किरण राणाले फाइनलसम्म आफनो टिम पुग्न सक्ने विश्वास व्यक्त गरे । काठमाडौं क्रिकेट संघलाई स्पोन्सर गरेको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत आफूले साथ दिएको टिमले विजयी हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।
टिप्पणीहरू: