- असार ०६, २०८०
काठमाडाैं । भेपमार्फत सुन तस्करी गरेको अभियाेगमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहित २९ जनाविरूद्ध विशेष अदालतमा पनि मुद्दा दर्ता प्रकृया सुरु भएकाे छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टाेली अहिले विशेष अदालत पुगेकाे छ ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले २८ जन व्यक्ति र एक कम्पनीविरूद्ध मुद्दा आएको जानकारी दिए ।
महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।
टिप्पणीहरू: