- असार ०६, २०८०
काठमाडाैं । सेयरबजार ४८.७१ अंकले वृद्धि भएकाे छ। ४८ अंक बढेसँगै नेप्से २८५१.२४ विन्दुमा पुगेकाे छ ।
बजारमा १० अर्ब हाराहारी कारोबार भएको छ। २ करोड ७९ लाख कित्ता सेयर किनबेचपछि ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार भएको हो। यस दिन कुल २५१ वटा सेयरको मूल्य बढ्दा १६ वटा घटेको र एउटा अघिल्लो मूल्यमै कारोबार भएको छ।
बिहीबार ६ वटा सेयरमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी, सोलु हाइड्रो, होटल फरेस्ट इन १० प्रतिशतले बढ्दा लगानीकर्ताले क्रमशः ५५७.१३, ३८९.९०, ९८.५०, ७०.७०, ६८.४० र ६१.९० रुपैयाँ आम्दानी गरेका छन्।
यसबाहेक सुपर खुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर पनि ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
टिप्पणीहरू: