- असार ०६, २०८०
काठमाडौँ। नेपाली कांग्रेसकाे विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ।
यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार शुल्क तोकिएको संयोजक केसीले जानकारी दिए।
त्यसैगरी केन्द्रीय सदस्यका लागि १० हजार शुल्क निर्धारण गरिएको छ।

टिप्पणीहरू: