बिहिबार, ०८ माघ २०८२

भृकुटीमण्डपमा निर्वाचन सुरु भएपछि संस्थापन पक्षका नेताहरु पार्टी कार्यालयमा


काठमाडौं । विशेष महाधिवेशन पक्षधरको अगुवाईमा भृकुडीमण्डपमा निर्वाचन कार्यक्रम सुरु भएपछि नेपाली कांग्रेस संस्थापन पक्षको पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक राखेको छ ।

पाटीभित्र उत्पन्न विवादबारे छलफल गर्न भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कायैसमितिको बैठक बोलाएका हुन् ।

बैठकका लागि संस्थापन पक्षका नेताहरु सानेपा पुगेका छन् । कृष्ण सिटौला, मोहन बस्नेत, मञ्जु खाँण, ज्ञानेन्द्र बहादुर कार्की, रामहरी खतिवडा, विजयकुमार गच्छेदारलगायतका नेताहरु अहिले सानेपा पुगेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ