बुधबार, ०६ जेठ २०८३

बिचौलिया प्रयोग गरी छुट्ने प्रयासमा क्यासिनो प्राइड लुटेराहरु


काठमाडौं । जिल्ला अदालत काठमाडौको आदेशमा जेल चलान भएका  क्यासिनो प्राइड लुट्ने लुटेराहरु कारागार भित्रैबाट विभिन्न सक्ति केन्द्र रिझाउन सक्रिय भएका छन् ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा क्यासिनो प्राइड लुट्न प्रतक्ष्य सम्लग्न देखिएका सेठठी भनिने दावा शेर्पा, रने भनिने रञ्जीत खड्गी, दोर्जे शेर्पा, मनहरी पौडेल, करण डंगोल, अभिसेक चौहान, शिसिर राई, सुनिल गजमेर, रञ्जन तामाङ र सुक्रराज घिसिङलाई जेल चलान गरिएको थियो ।

क्यासिनो प्राइडले नगद र भौतिक क्षतिसहित ५४ करोड भन्दा बढीको माग राखेर काठमाडौं, जिल्ला अदालतमा दायर गरेको मुद्धामा उनीहरु पुपक्ष्यकालागी जेल  चलान भएका थिए । जिल्ला अदालतको फैसलमा चित्त नबुझेको भन्दै उच्च अदालत पुनरावलोकनका लागि पुगेका अभियुक्तहरु अहिले जेलभित्रैबाट दैनिकजसो बिचौलियाको सम्पर्कमा रहेर छुट्ने प्रयास गरिराखेका छन् ।

१४करोड भन्दा माथी नगद लुटिएको अभियोगमा पक्राउ परेका उनीहरुलाई प्रत्यक्ष लुट्दै गरेको सिसिटिभि क्यामेरा रेकर्ड र उनीहरुको बयानलाई आधार मानेर जिल्ला अदालत काठमाडौले २०८२ साल फागुन ५ गते पुर्पक्षका लागि कारागार पठाएका उनीहरु अहिले जेलभित्रै परिवारका सदस्यहरुलाई प्रयोग गरेर नियमित विभिन्न सक्तिकेन्द्र संग सम्पर्क गरिराखेको  छन् भने मुख्य अभियुक्त सेठ्ठी भनिने दावा शेर्पा, रने भनिने रञ्जीत खड्गी, दोर्जे शेर्पालगायतले कारागारभित्रैबाट आफ्नो संयन्त्र परिचालन गरी मुद्दालाई प्रभावित पार्न खोजिरहेको श्रोतको भनाई छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ