- असार ०७, २०८०
काठमाडाैं, १९ भदाै । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानविन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसंग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका बिषयमा छानविन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
समिति सभापति अम्वर बहादुर थापाले विद्यार्थीको भविष्यसंग जोडिएको चिकित्सा शिक्षाको एकीकृत प्रवेश परिक्षाको नजिता प्रकाशनका देखिएको कमजोरीको १० दिनभित्र छानविन गरि तथ्य कुरा बाहिर ल्याउन निर्देशन दिएको जानकारी दिए ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस बिषयमा आवश्यक छानबिन गर्ने बताइन् । उनले नजिता आएपछि आफु निरन्तर आयोगसंग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गरिन् ।
त्यस्तै, आयोगका उपाध्यक्ष डा अञ्जनी कुमार झाले रोल नंवरको आधारमा नजिता प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गरे । बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षाको परिक्षामा ठूलो त्रुटी भएको भन्दै छानबिनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरु समेत आन्दोलित छन् । उनीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गरेका छन् ।
टिप्पणीहरू: