शनिबार, २४ जेठ २०८२

राइडिङ सेयरिङको बिरुद्धमा आन्दोलन चर्काउने तयारीमा व्यवसायी


काठमाडौं । गण्डकी प्रदेश सरकराले ल्याएको राइडिङ सेयरिङ नियमावलीको विरोधमा मुलुकभरका यातायात व्यवसायी आन्दोलन गर्ने तयारीमा छन् ।

पोखराबाट सुरु भएको आन्दोलनको प्रभाव अन्य प्रदेश र जिल्लामा पनि पर्न थालेको छ । सुदुरपश्चिम बस व्यवसायीले आन्दोलनको कार्यक्रम घोषणा गरिरहँदा काठमाडौंमा पनि व्यवसायीले प्रदर्शन सुरु गरेका छन् ।

दुई पाङ्ग्रे र चार पाङ्ग्रै निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न अनुमति दिएपछि आफ्नो लगानी संकटमा परेको भन्दै शुक्रबारदेखि गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीले आइतबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । गण्डकीमा तीन दिनदेखि सार्वजनिक सवारी नचल्दा जनजीवन अस्तव्यस्त बनेको छ ।

सुरु भएको लामो समयसम्म पनि सार्वजनिक सवारी व्यवस्थित नहुँदा राइडिङ सेयरिङ आम सर्वसाधारणकोबीचमा लोकप्रिय हुन थालेको छ । तोकिएको भन्दा बढी भाडा नलिने र समयमै गन्तब्यमा पु¥याइदिने राइडिङ सेयरिङको प्रभाव बढ्दै जाँदा सार्वजनिक यातायात व्यवसायीले दवाव महसुस् गर्न थालेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ